गीताको नयाँ भाष्यबाट शंकराचार्यले जगाएको सनातन धर्म

महाभारतको युद्धपछि संसारमा एकप्रकारले दार्शनिक तथा सामाजिक क्षेत्रमा रिक्तता आएको अनुमान गर्न सकिन्छ। वेदव्यासले गर्ने भनेको उत्तर वैदिक समयको प्रवाह र चेतनाका आधारमा समाजलाई सही तरिकाले व्याख्या गर्नु थियो र समाजलाई पथप्रदर्शन गर्नु थियो । त्यसका लागि वेद, उपनिषद्, पुराण तथा इतिहासको रचना गरे । इतिहासको सबैभन्दा विश्वसनीय ग्रन्थका रूपमा महाभारत तयार गरियो भने पुराणहरूमध्ये पनि महापुराणमा रूपमा विभिन्न मध्ये श्रीमद्भागवतलाई लिइएको पाइन्छ।
त्यसो त प्रत्येक वेदले र पुराणले कुनै न कुनै आराध्य देवको अभ्यर्थना गरेको छ र पनि आफ्नो समयका सबैभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा प्रतिष्ठित वसुदेव-देवकी पुत्र वासुदेव श्रीकृष्णलाई समसामयिक समाजसँग तुलना गर्दै अद्भूत प्रतिभाका धनी र सर्वव्यापी ईश्वरका सोह्रकलाको प्रतिनिधित्व गर्ने भनेर सबैतिर परिचय दिइएको छ । भनिन्छ, वेद उपनिषद्हरुको समसामयिक बनाई सकेपछि पुराणहरू तयार गरियो तर वेदव्यासलाई आफ्ना कृतिमा सन्तोष नभएपछि या सन्तुष्टि प्राप्त नभएपछि उनले तयार गरेका हुन् भागवत जसलाईं कसैले १९औं महापुराण पनि मानेका छन् त कतिले १८ औँ पुराणका रूपमा मानेका छन्। त्यसो त १८ पुराणमध्ये नै वाचन, श्रवण गरिने परम्परा छ ।
वेद, उपनिषद्हरुको नयाँ संस्करण तयार गरेर तत्कालीन समाजका लागि पथप्रदर्शकको रूपमा तयार गरेपछि तिनीहरूको आधारमा र त्यसपछिको अनुभवका आधारमा पुनर्जागृत समाजलाई सुहाउँदो पुराण, उपपुराण तथा अन्य स्मृतिका अनुभवहरूलाई ग्रन्थाकारका रूपमा तयार गरे। दुर्भाग्यवश नै भन्नुपर्छ, महाभारतको युद्धपछि नै यस क्षेत्रमा बौद्धिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक रिक्तता उत्पन्न भएको बुझिन्छ किनभने हस्तिनापुरका महाराज जन्मेजयको जिज्ञासाका बेलामा व्यासका अरु शिष्यहरूभन्दा प्रिय वैशम्पायनमार्फत् पुनर्कथन गरिएको जय नामक ग्रन्थले दिएको ज्ञानसमेतको त्यस्तो प्रचार हुन सकेन जति पहिले पहिले शौनकादि ऋषिहरूले घुमी घुमी संसारमा नैतिकता, धर्म र समाजमा देखिएको विकृतिविरुद्ध चेतनशील वर्गको तर्फबाट धर्मको रक्षार्थ पुनर्जागरणको काम हुने गर्दथ्यो। पुनर्जागरणको समय कसरी निर्धारित हुन्छ भन्ने कुराको कुनै सीमा छैन तर जब पुरानो मान्यता र नियमले काम गर्न सक्दैन या त्यसले समाजको आवश्यकता पूरा गर्न सक्दैन, अनि स्वतः पुनर्जागरण आउँछ र प्रचलित परम्परामा पुनर्कथन सुरु हुन थाल्छ। त्यसको नेतृत्व समूहले या समूहको नेतृत्व व्यक्तिले लिनैपर्छ । सायद त्यसलाई श्रीकृष्णले सम्भवामि युगेयुगे अर्थात् म फेरि फेरि पनि आइरहुँला भनेका होलान् ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।। परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्म संस्था पार्थाय सम्भवामि युगे युगे ।। ( गीता अध्याय ४, श्लोक ७ र ८) ( अर्थ – हे भरतवंशी अर्जुन, जबजब धर्मको हानि र अधर्मको वृद्धि हुनथाल्छ, तबतब नै मैले आफ्नो कस्तो स्वरूप रचना गर्ने भन्ने निधो गर्छु र साकाररूपमा मानिसहरूको सामुन्ने प्रकट हुन्छु । साधु अर्थात् सहजरूपमा जीवन यापन गरिरहेका, धर्मप्रति सधैँ विश्वस्त रहेकाहरूको दुःखबाट उद्धार गर्न र धर्मको समुचित स्थापना गर्नका लागि म युगयुगमा आफैँ प्रकट हुनेछु ।) पुनर्जागरणको बिगुल फुक्नेक्रममा पूर्व वैदिक काल अर्थात् पौराणिककालको सुरुवातमा नै राजा देखिन्छन्। राजा बनाइन्छन् जसले जनताको हित गर्न सक्छ र परम्परागत धर्मको रक्षा गर्न सक्छ। राज्यमा बस्ती बनाएर मानवमात्र बसेका हुँदैनन्, कोही निशाचर हुन्छन्, कोही जंगलमा विचरण गरेर जीविका चलाउँदै हुन्छन् र कति त तपस्या गर्नका लागि ध्यानमा मग्न हुन्छन् जसलाई आजाके भाषामा अध्येता र अनुसन्धाताको रूपमा लिन सकिन्छ ।
राज्यमा रहेका भूमिमा रहने, पानीमा रहने र आकाशाम विचरण गर्ने र भूमिमा रहनेमध्ये पनि निशाचरहरूको समेत रक्षा गर्नु राजाको कर्तव्य हुन्थ्यो । राजाको स्थापना कसरी भयो भन्ने मेरो अहिलेको विषय होइन तर त्यसताका अत्याचारी राजाका विरुद्धमा समेत जागरणको डन्डाले हानिन्थ्यो भन्ने कुराको प्रमाण राजा बेनको अधोगतिको हबिगतले देखाउँछ । राजा बेनले गरेको अत्याचार सहन नसकेर ऋषिहरूले उनको हत्यासमेत गरेर उनकै मृत शरीरमध्ये हातको मन्थन गरेर, त्यसबाट नयाँ राजा पृथु र रानी अर्चिको उत्पादन गरी उनीहरूबाट राज्यको अभिभारा सम्पादन गराइएको पाइन्छ। त्यसबेलामा ऋषिहरू भनेका समाज रुपान्तरणका लागि अभियन्ताको रूपमा खटिएका ती अग्रगामी अध्येताहरू हुन् जसले समाजको स्वरूपमा सकारात्मकता थपेका हुन्थे । ऋषि प्रत्येक समाजमा हुन्छन् जसले समाजलाई निःस्वार्थरूपमा पथप्रदर्शन गरिरहेका हुन्छन्। ऋषिमन भनेको त्यस्तो साधुता हो जसले रिस आवेग दबाउँछ, दुःख र सुखको कुनै वास्ता नगरी, गर्मी चिसो पानी हिउँ कुनै वास्ता नगरी लागिरहन्छ। तिनै पुनर्जागरणको बिगुल फुक्ने, शंखनाद गर्ने र समाजका प्रत्येक वर्गलाई समयानुकूल स्वाभिमानी जीवन बाँच्नका लागि प्रेरित गर्ने ऋषिहरूको प्रयासले नै पूर्वीय दर्शनले आज पनि नयाँ नयाँ बाटो देखाउन सकेको हो । प्राणीमात्रको हितमा निरन्तर लागिरहन्छ, लागिरहन्छ।
तिनै पुनर्जागरणको बिगुल फुक्ने, शंखनाद गर्ने र समाजका प्रत्येक वर्गलाई समयानुकूल स्वाभिमानी जीवन बाँच्नका लागि प्रेरित गर्ने ऋषिहरूको प्रयासले नै पूर्वीय दर्शनले आज पनि नयाँ नयाँ बाटो देखाउन सकेको हो । योगीहरूका पनि योगीको स्वरूपमा देखिएका योगेश्वर श्रीकृष्णले निःस्पृहरूपमा, ऋषिमनले आध्यात्मिक समाजका लागि, समसामयिक तर इतर परम्परा भएको समाजमा लागि र भोलिको समयका लागि समेत अर्जुनमार्फत् दिएको ज्ञान नै गीताको रूपमा आज पनि प्रचारित छ। महाभारतपछि, विकसित र सभ्यताका हिसाबले प्रचूर धनी भइसकेको भारतीय समाज एकप्रकारले नेतृत्वविहीन भएको अनुमान गर्न सकिन्छ। श्रीकृष्णजस्ता आध्यात्मिक, सामाजिक तथा निष्कामकर्मी नेताको नेतृत्वमा पुनर्जागरणको धर्मयुद्ध भयो, तर समाजमा यति ठुलो विध्वंश हुने, विश्वयुद्ध नै हुने अनुमान जब श्रीकृष्णले गरे अनि उनमा वैराग्य उब्जिएको अनेक उदाहरण पाइन्छ । श्रीकृष्णले नै अर्जुनमा विषाद उत्पन्न गराएर त्यसको समाधानहेतु दिए सार्वकालिक दर्शन, व्यावहारिक दर्शन। अनि यही दर्शन भयो सनातनधर्मको पुनर्जागरणको सूत्र। यसैलाई वेद, उपनिषद् र सबै धर्मको साझा अर्थ दिने सूत्रको रूपमा व्याख्या गर्ने बेला अलि ढिलो आएछ किनभने महाभारतपछिको समय अराजक र अधर्मको बिगबिगी भएको अनुमान गर्न सकिन्छ किनभने महाभारतदेखि तक्षशिला विश्वविद्यालयमार्फत् मानवीय मूल्यको पुनर्जागरणको शिक्षा-दीक्षा ( गुरुकुलीय परम्पराको पुनरोदयको विहानी ) चाणक्यको बेलासम्मको भारतीय सभ्यताको इतिहास निरन्तररूपमा चलिरहेको देखिन्छ ।
उत्तर वैदिक नीति आबद्ध भई त्यसको नैतिकताको पालना गरिएको र कण्ठस्थ गरिएका वेद, उपनिषद् तथा पुराणहरूको आफ्नै तरिकाले अभ्यास गरिएको हुनुपर्छ किनभने जति बाँकी भए पनि अझै त्यसको रहल पहल पाइन्छ जुन अहिलेको समाजलाई उद्वेलित गराउन प्रशस्त छ। तर जजसले पुनर्जागरणको नेतृत्व गरे ती सबै सनातन धर्मका विरोधीहरूबाट या त मारिए, या लखेटिए या बेधर्मी बनाएर राखिए । तर चाणक्यको बुद्धिमत्तापूर्ण र कूटनीतिक क्षमताले पुनरुतथान भएको सनातन धर्मलाई नै आज हिन्दू धर्मको नाम दिइएको हो जुन धर्मको प्रचार विश्वभर आजभन्दा १० हजार वर्ष पहिले नै भएको अनुमान गरिन्छ तर आजभोलि जे कुरालाई पनि इसाको समयको अघि र पछि भनेर गणना गर्ने गरेकाले शुद्ध इतिहासको गणना छुटेको छ र पनि निरन्तरताको संस्कृतिले आज पनि संसारलाई नैतिकता र दर्शनको आलोक दिने भनेको पूर्वीय परम्परा या पौरस्त्य परम्परा नै हो ।
महामुनि चाणक्यबाट अनुप्राणित मौर्य परिवारले रक्षा गरेको संस्कृतिलाई मलजल पुऱ्याउन र अदभूत पौरस्त्य सिद्धान्तलाई फेरि सैद्धान्तिक रूपमा विसर्जन हुन नदिनका लागि शंकराचार्य, जसलाई हामी आदि शंकराचार्य भनेर चिन्दछौँ, उनले गीताको नयाँ भाष्य तयार गरेर नै, गीताद्वारा नै पुनर्जागरणको सुरुवात गरे । गीताको भाष्यमार्फत् बहसलाई अघि बढाए र संसारमा एउटै मार्ग छ मानिसहरूको नैतिकताको रक्षा गर्ने र मानवीय संवेदनशीलतालाई जोगाउने – अद्वैतमार्ग अर्थात् एउटै बाटो । अर्को मार्ग नै नभएको भनेर व्याख्या गरे अनि गीताको भाष्यसँगै पूर्वीय सनातन धर्मलाई, बाटोलाई फराकिलो बनाउँदै भारतका विभिन्न ठाउँमा, पूर्व – पश्चिम-उत्तर दक्षिण सबैतिर धर्म प्रचारमार्फत् सनातन धर्मको व्याख्या,रक्षा र सुरक्षा गर्न थाले । दुर्भाग्यवश, ३२ वर्षको उमेरमा नै उनको देहावसान भयो तर उनले बनाएका र देखाएका नैतिक बाटोहरूले आज पनि पूर्वीय संस्कृतिलाई आलोक दिइरहेको पाइन्छ । त्यसपछि अन्य मार्गहरू पनि बहसमा ल्याइए जसले समाजलाई सही बाटोमा डोऱ्याउन महत पऱ्याएको ठानिन्छ ।
दुर्भाग्यवश, ३२ वर्षको उमेरमा नै उनको देहावसान भयो तर उनले बनाएका र देखाएका नैतिक बाटोहरूले आज पनि पूर्वीय संस्कृतिलाई आलोक दिइरहेको पाइन्छ । त्यसपछि अन्य मार्गहरू पनि बहसमा ल्याइए जसले समाजलाई सही बाटोमा डोयाउन मद्दत पुऱ्याएको ठानिन्छ – अद्वैतवाद, या त्यो मार्गले मात्र समाजको जिज्ञासा साम्य नभएकाले द्वैतवाद या त्यो मार्ग, द्वैताद्वैतवाद या त्यो मार्ग अवलम्बन गर्न महामुनिहरू अग्रसर भए तर सबैको, सबै धर्मको आधार भनेको मानवीय हित नै थियो, छ र हुनेछ । गीताले मात्र नैतिकताको सूत्र दिएको ठान्नेहरूले धार्मिकरूपमा भन्दा आध्यात्मिक चिन्तनको रूपमा गीतालाई लिएको देखिन्छ । कर्म अनि त्यसको फलको आशा नगरी जीवनको लक्ष्यलाई पूरा गर्नका लागि अनवरत लागिरहने मानवीय मूल्यको जगेर्ना । यदि अपेक्षाको फल प्राप्त नहुँदा हुने निराशाबाट बचाउन र निरन्तर कर्मप्रति अभ्यस्त हुनका लागि गीताले जुन ज्ञान दिएको छ, त्यसैमा शंकाराचार्य र उनका अनुयायीहरूले प्रचारात्मक अभियान चलाए जुन महाभारतको युद्धपछि झन्डै झन्डै सुषुप्त भएको थियो ।
स्वयं योगेश्वर कृष्णले चलाएको प्रथालाई राजनीतिबाट टाढा रहेर शंकाराचार्यले र उनका मतमान्नेहरूले प्रचारात्मक शैलीलाई यति व्यापक बनाए र व्यावहारिकतामा त्यसलाई ढाले, आजसम्म त्यसैको व्याख्या, अपवाद र पुनर्व्याख्या चलिरहेको छ र आजको हिन्दू धर्मको पछिल्लो पुनर्जागरणको आधारको रूपमा रहेको छ। त्यसो त प्रत्येक वाद या पन्थ या मार्गको समय समयमा परिवर्तन हुन्छ र त्यसका त श्रीकृष्णले सूत्रमा भनेका थिए, कोही न कोही आउँछ र बाटो देखाउँछ सम्भवामि युगे युगे । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्म फल हेतुर्भूर्, मा ते सङ्गोस्त्व कर्मणि ।
गीता २, श्लोक ४७ ( अर्थ – तिम्रो अधिकार कर्म गर्नुमा मात्र छ, त्यसको फलमा कहिल्यै छैन। यसर्थ तिमी कर्मफल प्राप्तिको कारण नहोऊ र कर्म नगर्नुमा पनि तिम्रो आसक्ति नहोस् । यो भनाइले कर्मका लागि प्रोत्साहन गरेको तर फल जस्तो आए पनि कर्ममा डटिरहनका लागि आह्वान गरेको पाइन्छ । जस्तो फलको बारेमा यस्तो पनि भनिन्छ, यदि अपको विरुवा लगाइएको छ भने त्यहाँ आँप नै फल्छ। कर्मपछि फल आफैँ आउँछ भन्ने पनि अर्थ लगाउन सकिन्छ ।) INS

प्रतिक्रिया