बिहीबार, वैशाख २०, २०८१

‘महाजात्रा’मा नयाँ कलाकार

नेपालखोज २०८० कार्तिक १० गते ९:४३

काठमाडौं । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।

नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका छन् ।

कात्तिक १५ गतेदेखि छायाङ्कनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । उनले निर्देशन गरेका सम्पूर्ण चलचित्र बक्सअफिसमा व्यावसायिक रुपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकलेसमेत रुचाएका छन् ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुहुने चलचित्रमा कसरी हास्यव्यङ्ग्य (कमेडी) यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो । स्थापित शृङ्खला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताईन् । यसमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायत कलाकारले अभिनय गर्नेछन् ।

‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

प्रतिक्रिया