फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाकाे निर्देशन

नेपालखोज २०८० कार्तिक ११ गते ८:०३

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको छ । महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र अवैध संरचना हटाउन भनेकाे हाे ।

पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पूर्णरुपमा हटाउनु हुन यो सार्वजनिक सूचना जारी गरिएको महानगरले जनाएकाे छ ।

३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले बताएको छ । 

प्रतिक्रिया