आइतबार, जेठ ६, २०८१

नेपाललाई पाठ सिकाउने हार

नेपालखोज २०८० कार्तिक ११ गते १५:४९

काठमाडौं । ‘वर्षभरि हाम्रो ब्याटिङ उत्कृष्ट थियो । आज पहिलो पटक मलाई ब्याटिङले निरश बनाएको अनुभव भयो । किनकी फिनिसिङ गर्न सकेनौँ । क्रिकेटमा यस्तो हुन्छ’, टी-२० त्रिकोणात्मक शृंखलाको फाइनलमा शुक्रबार यूएईसँग हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले भने ।

दशैँको अवसरमा खेलिएको हङकङसमेत सहभागी यस शृंखलामा लिग चरणभर अपराजित रहेको नेपाल फाइनलमा भने यूएईसँग ५ विकेटले पराजित हुन पुगेको थियो । उपाधिका लागि नेपालले दिएको १६३ रनको सामान्य लक्ष्य यूएईले १ बल खेल्नुअघि ५ विकेट गुमाएर भेट्टायो ।

फाइनल पुग्नुअघि नेपालले मूलपानी मैदानमा यूएई र हङकङलाई दुई-दुई पटक पराजित गरेको थियो ।

मोन्टी देसाइको आगमनपछि पछिल्लो एक वर्ष नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै लिग टु मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोटमा पुगेको थियो । एसीसी प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग पहिलो पटक ओडीआई समेत खेल्यो ।

प्रतिक्रिया