मंगलबार, वैशाख १८, २०८१

नेपालभाषा सम्मेलन सम्पन्न, चार जना सम्मानित

नेपालखोज २०८० कार्तिक ११ गते २१:१९

भक्तपुर । भक्तपुरको ल्यासिङ्खेलमा सुरु भएको दुईदिने ४३औँ नेपाल भाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) सम्पन्न भएको छ ।

नेपाल भाषा र साहित्यको विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल भाषा साहित्य सम्मेलनमा नेपाल भाषाका विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य, कथा, कविता, निबन्ध, एकाङ्की, नाटक, प्रहसन, नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भक्तपुरका असल किसान कार्यकर्ता आशाकाजी माक, सांस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी दिलबहादुर माताङ्ग र गीतकार नारायणकुमार आचार्यलाई जनही नगद १० हजारसहित सम्मान गरिएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सम्मेलनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया