आइतबार, जेठ ६, २०८१

बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जित

नेपालखोज २०८० कार्तिक १२ गते ७:२१

एजेन्सी । नेदरल्यान्ड्सले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ८७ रनको सानदार जित हात पारेको छ । जारी विश्वकपमा यसअघि नेदरल्यान्ड्सले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई स्तब्ध पारेको थियो ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर अर्यान दत्तको बलमा ओपनर लिटन दास ३ रनमा विकेटकिपर स्कट एडवार्ड्सबाट क्याच आउट भए । त्यसपछि नेदरल्यान्ड्सका तीव्र गतिका बलरले बंगलादेशलाई दयनीय अवस्थामा पुर्याएका थिए । तीव्र गतिका बलर लोगन भान बिकको छैटौं ओभरको दोस्रो बलमा ओपनर तानजिद हसन १५ रनमा एडवार्ड्सबाट नै क्याच आउट भए ।

तीव्र गतिका बलर पल भान मिकरेनले नाज्मुल हसन सान्टोलाई ९ रनमा एक एण्ड बोल्ड आउट गर्दा बंगलादेश ११.५ ओभरमा ४५-३ को अवस्थामा थियो । मिकरेन सकिब अल हसनलाई एडवार्ड्सबाट ५ रनमा क्याच आउट गरे । मुश्फिकुर रहिम १ रनमा मिकरेनको बलमा बोल्ड भए ।

प्रतिक्रिया