करेन्ट लागेर मृत्यु

नेपालखोज २०८० कार्तिक १२ गते १२:३०

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दल बहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सिरहाको लहान नगरपालिका–१९ छरापट्टी बस्ने ४५ वर्षीय नोथनी साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउन पोलबाट तार जडान गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

कैलालीको भजनी नगरपालिका–२ पल्टिपुर बस्ने ४१ वर्षीया प्रेमी डगौराकी छोरी १३ वर्षीया सुस्मा डगौराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भई करेन्ट लागेर दुवै जना गम्भीर घाइते भएकोमा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा सुस्माको मृत्यु भएको हो । प्रेमी डगौराको उपचार भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया