इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान
नेपालखोज
२०८० कार्तिक १२ गते २०:०१

काठमाडौं । इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो ।
दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । दूतावासले ज्यान गुमाएका १० जनामध्ये अहिलेसम्म ८ जनाको शव पहिचान भएको जनाएको छ । बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया