सोमबार, वैशाख ३१, २०८१

तीन अंकले नेप्से बढ्दा ६९ करोड ४२ लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १३ गते १५:५६

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन २८ दशमलव १८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार तीन दशमलव शुन्य चार अंकले बढेर १८ सय ७८ दशमलव ७० अंकमा चढेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले बढेर तीन सय ६३ दशमलव १३ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ८७ वटा कम्पनीहरुको ३० हजार दुई सय ३७ पटकको कारोबारमा २८ लाख २४ हजार सात कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ रुपैंयाँ ३७ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर १० वटा समुहहरुको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ५८ अंकले बढेर १२ सय एक दशमलव १५ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि २७ दशमलव शुन्य चार अंकले बढेर तीन हजार छ सय ३४ दशमलव ५८ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुुचक पनि १३ दशमलव १२ अंकले बढेर १६ सय ४० दशमलव ८६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव २० अंकले बढेर १९ सय ७४ दशमलव ९८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ८३ अंकले बढेर नौं हजार सात सय ९४ दशमलव ७३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८३ दशमलव २१ अंकले बढेर नौं हजार छ सय ८४ दशमलव ४२ अंकमा पुगेको छ ।

यि बाहेक लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव २५, दुई दशमलव ९८, एक दशमलव ९३ र २१ दशमलव ९५ अंकले बढेका छन् । होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहका सुचकहरु भने क्रमशः २० दशमलव १०, ४० दशमलव ४२ र शुन्य दशमलव शुन्य आठ अंकले घटेका छन् ।

नेप्सेमा आज पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८२ प्रतिशतले बढेर एक सय ७७ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय ८३ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्थाको संस्थाफक सेयरतर्फ भने आज प्रतिकित्ता तीन सय ३८ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड ६० लाख ७४ हजार सात सय ४० रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया