समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय
नेपालखोज
२०८० कार्तिक १३ गते १८:४२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया