भारतीको रिट खतिवडा, मल्ल र चुडालको पूर्ण इजलासमा
नेपालखोज
२०८० कार्तिक १४ गते ११:५४

काठमाडाैं । हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरूद्धको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा तोकिएको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आजलाई सुनुवाइ ताेकिएकाे थियाे ।
रिगलले हत्या गरेका चेतन मानन्धरकी तत्कालीन श्रीमती भारती शेर्पाले रिगलको रिहाइविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर रिट हालेकी हुन् ।
यसअघि, असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया