आइतबार, जेठ ६, २०८१

आईसीसी टी-२० छनोट : ओमानले लगातार दोस्रो जित, सिंगापुर २२ रनले पराजित

नेपालखोज २०८० कार्तिक १४ गते १२:४०

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।

आज ओमानले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा सिंगापुरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५२ रनमात्रै बनाए पछि २२ रनको हार व्यहोर्न पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको ओमानका लागि ओपनर कश्यप प्रजापति १२ रन मात्रै बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए ।

लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ भने लगातार दुई खेलमा पराजित भएको सिंगापुर एक खेल अगावै सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।

प्रतिक्रिया