शुक्रबार, असोज २५, २०८१

गण्डकी र लुम्बिनीका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भू-भागबाट बाहिरियो मनसुन

नेपालखोज २०८० असोज २७ गते १८:२९

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भू-भागबाट मनसुन बाहिरिइसकेको थियो ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । 

प्रतिक्रिया