आइतबार, जेठ ६, २०८१

आईसीसी टी-२० विश्वकप छनोट : बहराइसँग हङकङ २० रनले पराजित

नेपालखोज २०८० कार्तिक १४ गते १३:१३

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा बहराइनले पहिलो जित निकालेको छ । समूह बी अन्तर्गत मूलपानी मैदानमा आज भएको पहिलो खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको हो ।

बहराइनले पहिला ब्याटिङ गर्दै जम्मा १४६ रन बनाएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएको हङकङ १२६ रनमा समेटिएपछि बहराइनले २० रनको जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको बहराइनले १९.३ ओभरमा सवै विकेट गुमाएको थियो । ओपनर कप्तान उमर टुरले खाता नै खोल्न सकेनन् । इमरान अनवरले १५ रन बनाएका थिए ।

प्रतिक्रिया