अवैध लागूऔषधसहित दुई जना पक्राउ

नेपालखोज २०८० कार्तिक १४ गते १३:५३

काठमाडौं । सिरहाको लहान नगरपालिका–१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका–१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध र तराजुसहित पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी थारूलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया