आइतबार, जेठ ५, २०८२

नेपाललाई कप्तान रोहितले दिलाए चौथो सफलता

नेपालखोज २०८० कार्तिक १४ गते १४:३२

काठमाडाैं । आईसीसी टी- ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई कप्तान रोहितकुमार पौडेलले चौथो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका सर्विन मुनियन्दीलाई रोहितले ‘कट एन्ड बोल्ड’ गरे ।

मुनियन्दीले मलेसियाको खातामा १३ रन थपे । जारी खेलको १४ ओभर समाप्त हुँदा मलेसियाले चार विकेट गुमाएर ११९ रन बनाएको छ ।

प्रतिक्रिया