आइतबार, जेठ ६, २०८१

डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्यो २० लाख सम्मको नगद पुरस्कार

नेपालखोज २०८० कार्तिक १५ गते १५:४६

काठमाडौं । डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउँदै २० लाख रुपैंयाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ ।

कम्पनीका अनुसार नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको आईसीसी म्यान्स टि २० वल्र्ड कप अन्र्तगत एशिया क्वालिफायर २०२३ मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरुको हरेक रन, हरेक विकेट र हरेक माईल्सटोन भन्ने नारा सहित खेलाडीहरुलाई सम्मान गर्दै हरेक इनिङमा खेलाडीहरुलाई हौसला बढाउनको लागि नगद पुरष्कारको घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार नगद पुरष्कार पाउने शैली अन्र्तगत एकै खेलमा सेन्चुरी र ५ विकेट्स दुबै गरेमा २० लाख, सेञ्चुरी गरेमा १० लाख, पाँच विकेट लिएमा पाँच लाख, हाफ सेन्ञुरी गरेमा एक लाख, तीन विकेट्स लिएमा एक लाख, ३५ रन्सको लागि ५० हजार र तीन क्याचेज स्टम्पीङस गरेमा ५० हजार रुपैंयाँ पाउने छ्न् ।

प्रतिक्रिया