शुक्रबार, वैशाख २८, २०८१

रोयल इन्फिल्डको नयाँ सुपर मिटियर ६५०

नेपालखोज २०७९ माघ १० गते ११:२२

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो नयाँ सुपर मिटियर ६५० बाइक सार्वजनिक गरेको छ । कम्पनीले यो बाइकलाई एस्ट्रल, इन्टरस्टेलर र सेलेस्टियल गरी तीन कलर भेरियन्टमा ल्याएको छ । एस्ट्रलको अन्तर्राष्ट्रिय बजार मूल्य ५.५८ लाख , इन्टरस्टेलरको ५.८२ लाख र सेलेस्टियलको ६.०६ लाख रुपैयाँ छ । यो मुल्यमा नेपाल सरकारको भंन्सार , कर आदि जोडिएको छैन । भारतमा यो बाइकको बुकिङ सुरु भइसकेको छ । कम्पनीले फेब्रुअरीमा यसको डेलिभरी गर्ने तयारी गरिरहेको छ ।

इन्जिन : सुपर मिटियर ६५० मा ६४८ सिसि एयर तथा आयल कूल्ड समानान्तर ट्विन इन्जिन छ जसले ४७ एचपि पावर तथा ५२ एनएम टर्क जेनरेट गर्छ । यो इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ।

फीचर्स : सुपर मिटियर ६५० ले अगाडि युएसडि फोर्कहरू र रियरमा पाँच-स्टेप प्रिलोड गर्न मिल्ने प्रीलोडेबल ड्यूल शक्स अर्ब्जबर दिईएकोछ । यस बाहेक यसमा लो स्लङ्ग सिट, १५.७ लिटरको फ्युल ट्याङ्की, एलईडी हेडल्याम्प, एबीएस, डिस्क ब्रेक, डिजी एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, एलोय ह्वील, ट्रिप्टन नेभिगेसन जस्ता फिचरहरु छन ।

कलर अप्शन : सुपर मेटियर ६५० सात रङ वटा रंगमा उपलब्ध हुनेछ, जसमा सेलेस्टियल रेड, सेलेस्टियल ब्लू, इन्टरस्टेलर ग्रीन, इन्टरस्टेलर ग्रे, एस्ट्रल ब्ल्याक, एस्ट्रल ब्लू तथा एस्ट्रल ग्रीन समावेश छ ।

प्रतिक्रिया