मंगलबार, वैशाख १८, २०८१

सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेर्रेसको आग्रह

नेपालखोज २०८० कार्तिक १५ गते १७:१०

संयुक्त राष्ट्रसङ्घ । विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

‘विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो’, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उनले भने ।

महासचिव गुटेर्रेसले सहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताए ।

हाल विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले पहिलादेखि नै सहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमानअनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस सहरमा बस्नेछन् ।

प्रतिक्रिया