दक्षिण अफ्रिकाको सहज जित
नेपालखोज
२०८० कार्तिक १६ गते ६:१३

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डमाथि १९० रनको फराकिलो जित निकालेको छ ।
बुधबार भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमै समेटियो ।
दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङमा आएर निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३५७ रनको योगफल खडा गरेको थियो । दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनले १३३ रन बनाए । उनले ११८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे ।
जितसँगै सात खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया