प्रतिनिधि र राष्ट्रियसभाकाे बैठक बस्दै
नेपालखोज
२०८० कार्तिक १६ गते ७:२०

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय परेको छ ।
त्यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बाेलाइएकाे छ । आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।
सम्बन्धित
प्रतिक्रिया