आईसीसी एकदिवसीय विश्वकप : भारत र श्रीलंका भिड्दै
नेपालखोज
२०८० कार्तिक १६ गते ८:५१

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र श्रीलंका खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुनेछ ।
जारी विश्वकपमा घरेलु टिम भारत अपराजित छ । श्रीलंका भने सेमिफाइनल दौडबाट लगभग बाहिरिसकेको छ । उसले ६ खेल खेल्दा चारमा हार तथा दुई खेलमा मात्र जित हात पारेको छ ।
श्रीलंका आज भारतलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ । हालसम्म भारत र श्रीलंकाले १६७ एकदिवसीय खेल खेलेका छन् । जसमा भारतले ९८ र श्रीलंकाले ५७ खेल जिते छ । एकदिवसीय विश्वकपमा यी दुई टिमले ९ खेल खेलेका छन् । जसमा भारत र श्रीलंकाले समान चार खेल जितेका छन् ।
सम्बन्धित
प्रतिक्रिया