मंगलबार, वैशाख १८, २०८१

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता

नेपालखोज २०८० कार्तिक १६ गते १२:२८

बैङ्कक । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाई नागरिकको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।

वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँग भने ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया