मंगलबार, वैशाख १८, २०८१

विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान गर्दै भारत सरकार

नेपालखोज २०८० कार्तिक १६ गते १६:१३

नयाँदिल्ली । भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आाक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

भारतको कम्पयुटर इमरजेन्सी रेस्पोन्स टिम (सिआइआरटी–इन) ले उजुरीहरूको अनुसन्धान सुरु गरेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ । “एप्पलले अनुसन्धानमा सहयोग गर्नेछ”, इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयका सचिव एस कृष्णनको भनाइ उद्धृत गर्दै पिटिआईले भनेको छ ।

सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार सरकार उजुरीहरूबाट ‘चिन्तित’ भएको बताए । ‘भारत सरकार सबै नागरिकको गोपनीयता र सुरक्षाको रक्षा गर्ने आफ्नो भूमिकालाई अत्यन्त गम्भीरताका साथ लिन्छ र यी सूचनाहरूको जरैसम्म अनुसन्धान गर्नेछ’, सामाजिक सञ्जालमा उनले भने ।

प्रतिक्रिया