ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड
नेपालखोज
२०८० कार्तिक १६ गते १८:४२

देउखुरी (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकी छिन् ।
नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताईन् । ‘पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ’, उनले भनिन् ।
पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिईन् । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधै सजग एवं एकताबद्ध हुनुपर्ने बताईन् ।
सम्बन्धित
प्रतिक्रिया