कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
नेपालखोज
२०८० कार्तिक १६ गते २०:५२

काठमाडौं । यो वर्षको राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम भाेलि (१७) र पर्सि (१८) गते सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई ‘भिटामिन ए’ खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा अब कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन ए’ खुवाउने भइएको हो ।
मन्त्रालयले उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया