श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारतले बनायाे सर्वाधिक धेरै अन्तरको रनमा दोस्रो जितको कीर्तिमान
नेपालखोज
२०८० कार्तिक १६ गते २१:५५

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटमा भारतले एकदमै फराकिलो जित दर्ता गरेको छ । भारतले श्रीलंकालाई ३०२ रनले पराजित गरेको हो । यो सँगै रनका हिसावले भारतले सर्वाधिक धेरै अन्तरको रनमा दोस्रो जितको कीर्तिमान बनाएको छ ।
जारी विश्वकपमा यसअघि अस्ट्रेलियाले ३०९ रनको अन्तरले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । यो जितसँगै टोली विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । भारतको ७ खेलबाट १४ अंक छ र टोली प्रतियोगितामा अपराजित छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि खेलको दोस्रो बलमा भारतीय कप्तान रोहित शर्मा मात्र ४ रन बनाएर आउट भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया