आइतबार, जेठ ५, २०८२

डोटीमा जिप दुर्घटना, चार जनाको मृत्यु

नेपालखोज २०८० कार्तिक १९ गते ७:०२

काठमाडाैं । डोटीको शिखर नगरपालिका–६ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना भएको हाे ।

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ जनाइएकाे छ ।

प्रतिक्रिया