शनिबार, जेठ ४, २०८२

बुटवल उपमहानगरले भूकम्प प्रभावितलाई २५ लाख दिने

नेपालखोज २०८० कार्तिक १९ गते १७:२७

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ।

प्रतिक्रिया