सर्यो कांग्रेसको महासमिति बैठक
नेपालखोज
२०८० कार्तिक १९ गते १७:५०

काठमाडौं । भूकम्पका कारणले नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पर सरेको छ ।
मंसिर १३ देखि १५ सम्म गर्ने गरि केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यसम्पादन समितिले संशोधन गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा आइतबार विहान बसेको कार्यसम्पादन समितिले मंसिर २९ देखि पुुस २ गतेसम्म गर्ने गरि महा समिति बैठकको मिति तोकेको छ ।
भूकम्पले निम्त्याएको संकट र पूर्व निर्धारित समयमा हल प्राप्त नभएकाले बैठक सार्नु परेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
सम्बन्धित
प्रतिक्रिया