शनिबार, असार १४, २०८२

नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा लम्साल

नेपालखोज २०८० कार्तिक २० गते १९:५७

मकवानपुर । नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन् ।

नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित हुनुभई प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारी पत्र सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताए ।

कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गरेका थिए ।

सचेतक काफ्लेले केही हप्ताअघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउनुभएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो ।

नवनियुक्त प्रमुख सचेतक लम्साललाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्ति गरेका उक्त दलका नेता लामाले जानकारी दिए ।

प्रतिक्रिया