शनिबार, असार १४, २०८२

प्रधानमन्त्री दाहालले बाेलाए सर्वदलीय बैठक

नेपालखोज २०८० कार्तिक २१ गते ९:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बाेलाइएकाे जनाइएकाे छ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ । आज बस्ने बैठकमा गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि उक्त विषयमा र समसामयिक विषयमा छलफल गरिने जनाइएकाे छ ।

प्रतिक्रिया