शनिबार, जेठ ५, २०८१

एलन मस्कले घोषणा गरे ‘ग्रोक’ च्याट बोट 

नेपालखोज २०८० कार्तिक २१ गते १७:३५

काठमाडौं । संसारका सबैभन्दा धनी एलन मस्कले यहीँ नोभेम्बर ५ मा ओपन एआईको च्याट जीपीटी जस्तै नयाँ आर्टिफिसियल इन्टेलीजेन्स च्याट बोट प्लेटफर्मको घोषणा गरेका छन् ।

आफ्नो नयाँ कम्पनी एक्स एआई अन्तर्गत नयाँ प्लेटफर्मको घोषणा गर्दै सोको नाम ग्रोक (Grok) राखेका छन ।

मस्कले गत वर्ष किनेर नाम परिवर्तन गरेको ट्विटर (हाल एक्स) मा आएका डाटाहरूबाट समेत तत्कालै सिकेर जेनेरेटिभ एआई प्रविधि मार्फत यस च्याटबोटले संवाद गर्न र उत्तर दिन सक्ने बताइएको छ ।

च्याट जिपीटिको भन्दा अझ चटपटे प्रश्नहरू समेतको जवाफ दिने र हाँस्य प्रदान तथा अनौपचारिक संवादमा पनि जवाफ दिने क्षमता यसमा रहेको दाबी गरिएको छ ।

यो च्याट बोट एक्स (ट्विटर) प्लेटफर्ममा छिट्टै र एपमा पनि आउने घोषणा गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको जेनेरेटिभ प्लेटफर्महरुमा लगानी र नवप्रवर्तनको बढ्दो प्रतिस्पर्धामा एलन मस्कको सहभागिताले तरंग बढाएको छ । –INS

प्रतिक्रिया