बिहीबार, वैशाख २०, २०८१

क्लोजअप नेपालले गर्याे ‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरशिप घोषणा

नेपालखोज २०८० कार्तिक २२ गते १३:०२

काठमाडौं । विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रुपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरु बनाउदै, युवासंग सम्बन्ध गाँस्ने प्रतिबध्दतालाई जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरशिपको खुसी र गर्व साथ घोषणा गरेको छ ।

सन् २०२३, नोभेम्बर २५ काठमाण्डौं, बौद्धस्थित हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम. एन. प्रोडक्सन्सले गरिरहेको छ । यस कन्सर्टमा आउने सबैका लागि अविस्मरणिय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ ।

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसंग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक संजालमा फर्स्ट मुभ एट नजिक आउ डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो ।

आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उदेश्य रहेको थियो । यो स्पोन्सरशिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो ।

यस कार्यक्रमको टाईटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासंग दीर्घकालिन सम्बन्ध स्थापना गर्नु हो । यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकहरु प्रति क्लोजअप नेपाल आभारी व्यक्त गरेको छ ।

प्रतिक्रिया