नेकपा एमालेले सबै पदाधिकारीलाई हलबाटै निर्वाचित गर्ने
नेपालखोज
२०७८ असोज ४ गते १९:१२
काठमाडौं । नेकपा एमालेले सबै पदाधिकारीलाई हलबाटै निर्वाचित गर्ने भएको छ । स्थायी कमिटीमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावमा सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
‘विधान ९औं महाधिवेशनको विधानकै प्रस्ताव छन् । ९औं राष्ट्रिय महाधिवेशन हुँदा मुलुक संघियतामा गएको थिएन् । अहिले हामीले संघीय संरचना अनुसार संविधानतः विधानलाई व्यवस्थित गर्ने प्रस्ताव छन्,’ उनले भने, ‘केन्द्रीय कमिटी, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिवको निर्वाचन गर्ने प्रस्ताव छ ।’
उनका अनुसार पार्टीको उपाध्यक्ष ३ जनाको प्रस्ताव गरिएको छ । स्थायी कमिटीका कतिपय सदस्यले ३, ५ र ७ जना राख्नुपर्ने सुझाव दिएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया