आइतबार, वैशाख ३०, २०८१

पाँच अंकले घट्दा ७८ करोड २७ लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक २२ गते १५:२७

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । यसअघि दुई दिन लगातार बढेको नेप्से साताको चौंथो कार्य दिन आज बुधबार पनि पाँच दशमलव १७ अंकले बढेर १८ सय ६३ दशमलव ९४ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २१ अंकले बढेर तीन सय ५८ दशमलव ४० अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ८८ वटा कम्पनीहरुको ३० हजार तीन सय ६४ पटकको कारोबारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा आठ वटा समुहहरुको सुचक बढेका छन् भने चार वटा समुहको सुचक घटेका छन् । सामुहिक लगानी कोष समुहको सुचक भने आज स्थिर रहेको छ ।

सो मध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ९९ अंकले बढेर ११ सय ७५ दशमलव ४७ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि पाँच दशमलव ३८ अंकले बढेर १६ सय २५ दशमलव ९९ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ६१ अंकले बढेर १९ सय ५२ दशमलव ६७ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ३२ अंकले बढेर नौं हजार आठ सय एक दशमव ९६ अंकमा पुगेको छ । यि बाहेक उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ५७ दशमलव ५०, आठ दशमलव ४२, १० दशमलव ३२ दशमलव पाँच दशमलव ५० अंकले बढेका छन् ।

बिकास बैंक समुहको सुचक भने १३ दशमलव ७५ अंकले घटेर तीन हजार पाँच सय ६२ दशमलव ७४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २२ दशमलव ७३ अंकले घटेर नौं हजार पाँच सय ६८ दशमलव ९३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि क्रमशः ३३ दशमलव शुन्य एक र शुन्य दशमलव २८ अंकले घटेका छन् ।

नेप्सेमा आज ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव सात प्रतिशतले बढेर आठ सय ७० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ३८ प्रतिशतले घटेर तीन सय चार रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज प्रतिकित्ता दुई सय ७३ रुपैंयाँ अन्तिम मुल्यमा पाँच करोड ६१ लाख ४१ हजार नौं सय ८४ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरु मध्ये कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया