बुधबार, असार ४, २०८२

प्लास्टिकका फूल बिक्रीमा रोक

नेपालखोज २०८० कार्तिक २२ गते १६:५५

बलेवा (बागलुङ) । बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गरेका हुन् ।

बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उनले फूलको व्यावसायिक उत्पादन थालेका हुन् । जिल्लामा यसरी व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् ।

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताए । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ थियो ।

‘तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ’, बोहराले भने, ‘बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ ।’ प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया