आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित दिप आर्ट एण्ड प्रिन्ट पसल तथा छापाखानामा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ बतासे बस्ने केशव राईको घरमा विद्युत सर्ट भई बुधबार आगलागी हुँदा घरभित्र रहेको सम्पूर्ण सर–सामान जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–६ मंसिरे बस्ने कर्मा शेर्पाको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कर्मा शेर्पा र उनकी श्रीमती गाउँकै आफन्तकोमा गएको अवस्थामा घरमा रहेका उनका छोरा १५ महिनाको फूर्वा शेर्पा र ३ वर्षीय मिङ्माकर शेर्पाले लाईटर खेलाउने क्रममा आगलागी भएको बुझिएको छ । साथै कर्माको १५ महिनाको छोरा हालसम्म फेला नपरेकोले प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गरिरहेको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया