‘जलपरी’ नामले चर्चित मोडल दिपाशा बीसीको निधन
नेपालखोज
२०८० कार्तिक २३ गते १४:०८

काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।
दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।
सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।
सम्बन्धित
प्रतिक्रिया