छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ जगदम्बा फ्याक्ट्रीमा सरसफाईको काम गर्ने सोही उपमहानगरपालिका–२ प्रभाश टोल बस्ने २३ वर्षीय उज्जल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको छ ।
फ्याक्ट्रीमा सामान लिन आएको प्र ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ कृर्षि चोकमा सु.प.प्र.०१००१ ख २४३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–३ घट्टेदमारस्थित सडकमा ना.२५ प ६९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ डोटे बस्ने २७ वर्षीय संजिब बलको मृत्यु भएको छ ।
बुधबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया