मंगलबार, जेठ ८, २०८१

युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनले गर्याे स्वागत

नेपालखोज २०८० कार्तिक २३ गते १५:५८

किएभ (युक्रेन) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेका छन् ।

‘यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ’, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

उनले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताए । आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उनको भनाइ थियो ।

यसअघि युरोपेली आयोगले युरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो । सन् २०२२ जुनमा युरोपेली सङ्घले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो ।

प्रतिक्रिया