मंगलबार, जेठ ८, २०८१

सिरियामा अमेरिकी हवाई आक्रमण, नौजनाको मृत्यु

नेपालखोज २०८० कार्तिक २३ गते १९:४८

दमास्कस । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौजना लडाकू मारिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्यस्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।

पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया