शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ साउन ३१ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया