सोमबार, वैशाख ३१, २०८१

सातामा चार अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक २४ गते १२:४४

काठमाडौं । यो साता नेप्से १८ सय ५२ दशमलव शुन्य आठ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५७ दशमलव शुन्य चार अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुई सय ९९ वटा कम्पनीहरुको एक लाख ८५ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ७४ लाख ३६ हजार दुई ४६ कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब ५२ करोड ६६ लाख ३१ हजार पाँच सय ३२ रुपैंयाँ ४३ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैंयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ९६ वटा कम्पनीहरुको दुई लाख १३ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ४९ लाख आठ हजार तीन २७ कित्ता शेयर खरिद–बिक्री भएको थियो । सो अनुसार उक्त साता कुल कारोबार रकम तीन अर्ब ७८ करोड ५१ लाख ९७ हजार आठ सय ८९ रुपैंयाँ १३ पैसा पुगेको थियो ।

यो साता नेप्सेको पाँच दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो र चौंथो दिन नेप्से बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार २१ दशमलव ४६ अंकले घटेर १८ सय २६ दशमलव २३ अंकमा खुम्चिएको नेप्से साताको अन्तिम कारोबार दिन ११ दशमलव ८५ अंकले घटेर १८ आठ सय ५२ दशमलव शुन्य आठ अंकमा सिमित भएको थियो ।

यि बाहेकका बाँकी दिनहरुमा नेप्से बढेको थियो । यसैगरी पहिलो पाँच दशमलव ३६ अंकले घटेर तीन सय ५२ दशमलव ३९ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि एक दशमलव ३६ अंकले घटेर तीन सय ५७ दशमलव शुन्य चार अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा सेन्सिटिभम इन्डेक्स पनि बढेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया