भ्रष्टाचारीलाई सुविधा दिएको भन्दै अर्को भ्रष्टाचार मुद्दा
नेपालखोज
२०८० कार्तिक २४ गते १५:१३

काठमाडौं । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर बर्खास्तमा परेका शिक्षकलाई विभिन्न सुविधा र उपदान दिलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सुविधा लिने शिक्षक र सुविधा दिलाउन प्रयास गर्ने प्रधानाध्यापक तथा शिक्षा कार्यालयका अधिकारीहरुमाथि मुद्दा चलाएको हो ।
बाराका राम प्राविका शिक्षक योगेन्द्र प्रसाद यादव १६ बैशाख २०७३ मा भ्रष्टाचारमुद्दामा दोषी ठहर भएका थिए । उनले आफू कसुरदार भएको फाइल गायव बनाई राजिनामा दिएर सुविधा लिएको अख्तियारको आरोप छ ।
कागजात गायव बनाएपछि उनले १ लाख ५ हजार रुपैंया अतिरिक्त तलब लिएको अनि औषधी उपचार, बिरामी विदा र चाडपर्व खर्च समेत गरेर कुल १६ लाख ९२ हजार रुपैंया भुक्तानी लिएको अख्तियारको दावी छ ।
सम्बन्धित

प्रतिक्रिया