प्रधानमन्त्री सहायता कोषमा साढे ८ करोड संकलन
नेपालखोज
२०८० कार्तिक २४ गते १५:३९

काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो ।
सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चल्यो । तर, वास्तविक राहत संकलन भने मात्र साढे ८ करोड रुपैयाँ भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
कार्यालयको पछिल्लो तथ्यांक अनुसार ८ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ संकलन भएको छ ।
सम्बन्धित

प्रतिक्रिया