श्रीमानसँगको रिसइवी साँध्न श्रीमती र छोराछोरीको हत्या !
नेपालखोज
२०८० कार्तिक २४ गते १८:२२

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका- ६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् ।
हरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका- ७ घर भएका ३० वर्षीय काले भनिने गोर्खबहादुर शाही ठकुरी र सोही पालिकाको वडा नम्बर ८ घर भएका ३१ वर्षीय गोपाल बोहोरालाई पक्राउ गरेको थियो । मुगु प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिकसमेत गरेको छ ।
उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका- ६ मन्दुका दीपक बोहराकी श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया