बुधबार, असार ४, २०८२

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात

नेपालखोज २०८० कार्तिक २४ गते १८:४०

काठमाडौं । तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो । गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो ।

पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, मालाबत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौं रुपैयाँको विद्युतीय झिलिमिली बत्ती आयात हुने गरेको छ ।

तिहारका लागि यस वर्ष ४५ करोड रुपैयाँसम्मको झिलिमिली बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए । उनका अनुसार झिलिमिली बत्तीहरुको माग राम्रो रहेको छ ।

प्रतिक्रिया