बिहीबार, जेठ २, २०८२

तिहारमा सरकारी कर्मचारीलाई लामो बिदा

नेपालखोज २०८० कार्तिक २४ गते २०:११

काठमाडौं । यस वर्षको तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने भएका छन् । भोलिको शनिबारदेखि अर्को शनिबारबीचमा एक दिनमात्रै बिदा छैन, त्यो पनि शुक्रबार ।

सरकारको आधिकारिक क्यालेण्डरअनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिन कात्तिक २६ गतेदेखि सुरु हुन्छ । त्यसको अघिल्लो दिन शनिबार छ । शनिबार काग तिहार हो । काग तिहारमा सरकारी बिदा नभए पनि शनिबार परेकाले कर्मचारीलाई राहत मिलेको छ ।

कार्तिक २६ गते आइतबार लक्ष्मी पूजा, २७ गते सोमबार गाई तिहार, २८ गते गोवर्धन पूजा, २९ गते भाइ टीकाको बिदा छ । ३० गते बिहीबार ‘तिहार बिदा’ भनेर थप बिदा दिइएको छ । यो एक प्रकारले थकाइ बिदा हो ।

प्रतिक्रिया