बिहीबार, वैशाख २०, २०८१

हिन्दु धर्ममा विश्वास गर्ने मुसलमान कलाकार

नेपालखोज २०८० कार्तिक २५ गते १६:४८

सारा अलि खान
सैफ अलि खान र अमृता सिंहकी छोरी सारा अलि खान फिल्म जगतकि चर्चित व्यक्तित्व हुन् र उनी हिन्दु धर्ममा दृढ विश्वास गर्छिन्। सारा अलि खान मन्दिर र मस्जिद दुबैमा देख्छिन् भने उनी सबै चाडपर्व धूमधामका साथ मनाउँछिन् ।

सलमान खान
सलमान खान पनि हिन्दु धर्ममा विश्वास गर्ने भएकाले सबै चाडपर्व परिवारसँग मनाउँछन् । उनको घरमा प्रत्येक वर्षको गणेश उत्सव धूमधामका साथ मनाइन्छ ।
शाहरुख खान
शाहरुख खानकी पत्नी गौरी खान हिन्दु हुन् र उनको सम्पूर्ण परिवार हिन्दु–मुस्लिम दुवै धर्ममा विश्वास गर्छ । शाहरुख खान आफ्नो आगामी फिल्मको सफलताका लागि वैष्णो देवी पुगेका थिए ।
आमिर खान
आमिर खानको पनि हिन्दु धर्ममा ठुलो आस्था छ ।
साजिद खान
साजिद खान पनि भगवानमा विश्वास गर्छन् ।
सोहा अलि खान
सोहा अलि खान पनि हिन्दु धर्ममा विश्वास गर्छिन् । उनी धेरै पटक मन्दिरमा देखिएकी छिन् । उनका श्रीमान् कुणाल खेमु हिन्दु हुन ।
फराह खान
भाइ साजिद जस्तै फराह पनि भगवानमा विश्वास गर्छिन् ।

प्रतिक्रिया